आज (बिहीबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजोकै मूल्यमा कारोबार खुलेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ ।

Advertisement

हिजो बुधवार पनि यही मूल्यको सुनको कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर कारोबारमा आएको हो ।

यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य १४ सय ६५ रुपैयाँ कायम थियो ।

More News last news
Loading...