निरन्तर उकालो चढ्दै सुनको भाउ, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय ६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...