काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको मंसिर २२ (शुक्रबार)को संयुक्त इजलासले दोहो¥याइ पाउँ भनेर दायर भएको एउटा निवेदनमा आदेश ग-यो। उक्त आदेशसँगै कलाकार पूर्णविक्रम शाह अर्थात पल शाह पुनः चर्चामा आएका छन्। किनकि अदालतले पल शाहविरुद्धको बलात्कार मुद्दालाई दोहो¥याएर हेर्ने अनुमति दिएको हो।
जिल्ला र उच्च अदालतबाट सफाइ पाएर ‘ढुक्क’ भएका शाह सर्वोच्चले दोहो-याएर मुद्दा हेर्ने निर्णय गरेपछि फेरि कानुन व्यवसायी खोज्ने दौडमा लागेका छन्। उनले केही दिनदेखि कानुन व्यवसायीसँग कसरी अघि बढ्ने भनेर छलफल गरिरहेका छन्। अबको पेसीमा कानुन व्यवसायी लिएर उपस्थित हुनुपर्ने भएकाले उनले आवश्यक परामर्श थालेका छन्। शुक्रबारको सुनुवाइमा सरकारी पक्षले एकल रुपमा बहस गरेर निस्सा प्रदान गर्ने आदेश गरेसँगै शाहको तनाव वढेको छ। पू्रा जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
