लोकप्रिय अभिनेता पल शाहलाई उच्च अदालतले सफाइ दिएको १ वर्ष नपुग्दै पुनः मुद्दा ब्युँतियको छ । नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाह विरुद्धको मुद्दा ब्युँतिएको हो ।
उच्च अदालत पोखराले गरेको फैसला त्रुटिपूर्ण देखिएको दाबी गरी महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै अभिनेता पलविरुद्धको मुद्दा दोहोर्याएर हेर्ने अनुमति दिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
