काठमाडौँ । गृह मन्त्रालयले २५ जना अधिकारीहरूको सरुवा गरेको छ । पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका छन् । एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् ।
मन्त्रालयका अनुसार बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएको हो । यस्तै वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको मन्त्रालयले जनाएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
