मणिपालबाट हराएका तनहुँका संगम मिश्र मृत भेटिए, बाँध खोलिएपछि भेटियो शरिर

थानकोट । पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट हराएका तनहुँका संगम मिश्र मृत भेटिएका छन् । तनहुँ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर बस्दै आएका मिश्र सोमबार अस्पतालबाटै हराएका थिए ।

मिश्र हराएपछि खोजी गर्दा सेती नदिमाथिको पुलमा उनको परिचयपत्र र कपडा भेटिएको थियो । सेती नदीमा हामफालेको आशंकामा उनका बुवाले प्रहरीलाई सेती नदीको बाँध खोलेर खोजी गरिदिन अनुरोध गरेका थिए ।

Advertisement

त्यसकै आधारमा बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म सेती बाँध खोलिएको थियो । प्रहरीले दिउँसो सेती नदीको बाँध खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएका हुन् ।

उनको शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

More News last news
Loading...