काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो बस्दैछ। बैठक आज दिउँसो १२ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ।
आज बस्ने बैठकमा आगामी पुस १६ गतेदेखि हुने भनिएको महासमिति बैठकको तयारी, राष्ट्रियसभा निर्वाचन, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले भने आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गर्नुभएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
