आज ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडौं । केहि दिनयता नेपाली बजारमा लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएकोमा आज दुई हजार ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

More News last news
Loading...