प्राधिकरणबाट तीन इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौं । नविकरण नगरेकाले नेपाल दूरसञ्चार प्राधिकरणले युटिएलसहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ।

युनाइटेड टेलिकम लिमिटेड (युटिएल), म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको प्राधिकरणले जनाएको छ।

Advertisement

यी तीन वटै सेवा प्रदायक कम्पनीहरुले तोकिएको समय अवधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

युटिएलले २०६० कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए ।

अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्नेमा ती कम्पनीहरुले गरेका थिएनन् । कम्पनीहरुलाई नियमानुसार बुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन प्राधिकरणले निर्देशन दिएको छ । नबुझाएमा प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ ।

More News last news
Loading...