लगातार ओरालो लाग्दै सुनको भाउ, कति घट्यो आज ?

काठमाडौं । केहि दिन यता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज ३ सय रुपैयाँले घटेको हो । मंगलबार पनि सुनको मूल्य ७ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...