पोखरा । पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गएकाे छ ।
दुर्घटनामा पोखरा महानगरपालिका–२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो किमीकी २४ वर्षीया भावना बरालको ज्यान गएकाे कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी हुन् ।
आज आइतवार पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरी बजारकाे पृथ्वी राजमार्गमा ठक्कर दिएकाे थियो । प्रहरीले कारका चालक मानबहादुर बानियाँलाई पक्राउ गरेका थियाे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
