१७ बर्षका बालकले पोखराबाट बस चोरेर चितवन पुर्‍याएपछि …

 

पोखरा । पोखराको पृथ्वीचोकमा पार्किङ गरी राखेको बस शुक्रबार राति गायब भयो । बस चोरी भएको सूचना प्रहरीकहाँ पुगेपछि खोजतलास तीव्र पारियो । बस सबेरै चितवनमा भेटिएको छ ।

१७ वर्षका बालक आफैले बस चलाएर चितवन लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ३ को १७ वर्षका बालक रहेका छन् ।

Advertisement

ग१ख ९६३८ नम्बरको बस चोरी भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालय समेतमा जानकारी गराई खोजतलास गर्दा जिल्ला चितवनमा फेला परेको प्रहरीले बताएको हो ।

चितवन भरतपुर महानगरपालिका वडा नं. ११ आँपटारीमा प्रहरीले चेकजाँच गर्नेक्रममा बालकले चलाउँदै गरेको अवस्थामा बस फेला परेको थियो । पक्राउ परेका बालकविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

More News last news
Loading...