आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । शुक्रबारको तुलनामा आइतबार (आज) नेपाली बजारमा सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ पनि ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५०० र तेजाबी सुन १ लाख १६ हजार ९५० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ८०० र तेजाबी सुन १ लाख १८ हजार २५० रुपैयाँ थियो ।

Advertisement

आइतबार चाँदीको भाउ पनि प्रतितोलामा ३५ रुपैयाँले घट्दै १ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

 

More News last news
Loading...