काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ७ किलो सुन बराबद भएको छ । शनिबार राति ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरु दुबईबाट आएका विदेशी नागरिक रहेको जनाइएको छ । पक्राउ पर्नेमा इजिप्टका सेरिप मोहम्मद तथा दुई सुडानी नागरिक ओस्मान अलावेद इब्राहीम र मोहम्मद उस्मान रहेका छन्।
विमानस्थलबाट गत बिहीबार राति पनि फ्लाइ दुबईको उडानबाट आएका दुई जनालाई १४ किलो सुनसहित पक्राउ गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
