टोपबहादुरलाई थुनामै राख्न अदालतको आदेश, खाण पनि थुनामै रहने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन्। उच्च अदालत पाटनले रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पालगायतलाई थुनामा राख्ने यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो। नक्कली शरणार्थी प्रकरणमै मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण पनि थुनामै रहने भएका छन्।

Advertisement

उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन्। उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि हाललाई उनी थुनामै रहने भएका हुन्। अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने बताइएको छ।

More News last news
Loading...