सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा सुनको मुल्यले दिनानुदिन नयाँ रेकर्ड कायम गरेको छ। आज (बुधबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

आज छापवाल सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महांसंघले जनाएको छ । अघिल्लो दिन (मंगलबार) तोलाको एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।

More News last news
Loading...