बिहेकै दिन बेहुलाले लिए बेहुलीसहित चार जनाको ज्यान

बैंकक । थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानी हत्या गरेका छन्। एक थाई प्याराएथलीट र पूर्व सैनिकले आफ्नो विवाहमा आत्महत्या गर्नुअघि आफ्नी दुलही र अन्य तीनलाई गोली हानेका हुन्।

प्रहरीका अनुसार २९ वर्षीय चतुरोङ सुक्सुक र ४४ वर्षीया कञ्चना पचुन्थुकले शनिबार उत्तरपूर्वी थाइल्याण्डमा विवाह गरेका थिए। मिडिया रिपोर्टका अनुसार चतुरोङ अचानक आफ्नो विवाह समारोह छोडेर बन्दुक लिएर फर्किएका थिए।

Advertisement

त्यसपछि उनले श्रीमती, ६२ वर्षीया आमा र ३८ वर्षीया बहिनीलाई गोली हाने। घटनामा अन्य दुई पाहुनालाई पनि गोली लागेको थियो। उनीहरूलाई अस्पताल लगे पनि एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीका अनुसार घटनाको समयमा चतुरोङले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए। तर उनको यस्तो गर्नुको कारण स्पष्ट हुन सकेको छैन। स्थानीय मिडियाका अनुसार पार्टीका पाहुनाहरूले प्रहरीलाई दम्पतीबिच केही विषयमा विवाद भएको बताएका छन्। केहीले आफ्नी श्रीमतीसँगको उमेरको भिन्नतालाई लिएर उनी अलि अप्ठ्यारोमा परेको पनि बताएका छन्।

चतुरोङ र कञ्चना बिहे गर्नुअघि तीन वर्ष सँगै बसेका थिए। चतुरोङले गत वर्ष इन्डोनेसियामा सम्पन्न आसियान पारा खेलकुदमा पौडीमा रजत पदक जितेका थिए। उनले अर्धसैनिक लाइट फोर्समा पनि सेवामा रहँदा दाहिने खुट्टा गुमाएका थिए ।

More News last news
Loading...