काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय मध्ये सबैभन्दा बढी आयकर मनकामना दर्शन प्रा. लि. ले तिरेको छ।
राष्ट्रिय कर दिवस-२०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा आन्तरिक राजस्व कार्यालयले पर्यटन ब्यवसाय मध्ये सबैभन्दा बढी कर तिरेकोमा मनकामना दर्शन प्रालिलाई सम्मानित गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन क्षेत्रमा सर्वाधिक कर दाखिला गरेको कदरस्वरुप प्रा. लि. का नायव महाप्रबन्धक बिरेन्द्र श्रेष्ठलाई कदरस्वरुप सम्मानपत्र प्रदान गरे। सरकारले गत वर्ष सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई विभिन्न १६ वटा विधामा सम्मान गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
