काठमाडौँ । माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा। उपेन्द्र महतोले राजीनामा दिएका छन्।
मंसिर ७ गते उनले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापकसमेत हुन्।
उनको राजीनामा समितिले स्वीकृत गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ।
साथै बैंकले हालका सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । केसी पोखरा महानगरपालिका-७ का स्थायी बासिन्दा हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
