कर्णाली । कर्णालीको रुकुमपश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार (आज) बिहान चौरजहारी नगरपालिका वडा नम्बर ८ को गोइरीज्यूला पुल नजिकै दुर्घटना हुँदा जिपमा सवार २२ जना घाइते भएका हुन् ।
चौरजहारी १० खोलागाउँदेखि सदरमुकाम मुसिकोट जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप दुर्घटना भएको हो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उपचार चौरजहारी अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।
दुई जना घाइतेलाई भने प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । जिप मध्यपहाडी लोकमार्गबाट करिब ५० मिटर तल भेरी नदी किनारमा खसेको छ । चालकका अनुसार ब्रेकफेल भएर जिप दुर्घटनामा परेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
