इजरायल र हमासबीच बन्धक सम्झौता गर्ने तयारी अन्तिम चरणमा

एजेन्सी । प्यालेष्टिनी लडाकु समूह हमासले गएको असोज २० गते इजरायलमाथि गरेको आक्रमणमा बन्धक बनाएकाहरुलाई मुक्त गर्ने सम्झौता हस्ताक्षरको अन्तिम चरणमा पुगेको छ । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण मात्रै बाँकी रहेकाे बताउनुभएको एएफपीले जनाएको छ।

युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलसँगको संयुक्त पत्रकार सम्मेलनमा अल थानीले वार्तामा बाँकी रहेका चुनौतीहरू ठूला नभइ साना रहेका र अब चाँडै सहमति हुने बताउनुभयो। कतारले अस्थायी युद्धविरामको बदलामा दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले मध्यस्थता वार्तामा सहयोग गरेको छ।

Advertisement

सम्झौताले बन्धकहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फिर्ता ल्याउन सक्ने थानीले बताउनुभयो । हमासले बन्धक बनाएकामध्ये धेरैजसो इजरायली नागरिक हुन् भने केही विदेशी पर्यटक, विद्यार्थी र कामदारसमेत छन् ।

वार्तामा कम्तीमा पाँच दिन युद्ध पूर्ण रुपमा रोकेर एक आपसका बन्धकहरु फिर्ता गर्ने सहमतिको अन्तिम चरणमा पुगेको बताइएको एएफपीले जनाएको छ।

More News last news
Loading...