स्याङ्गजाको पुतलीबजारमा अज्ञात समुहद्वारा कारमा आगजनी

पुतलीबजार । स्याङ्गजाको पुतलीबजारमा रोकिराखेको कारमा अज्ञात समुहले आगजनी गरेको छ । हिजो कार्तिक ३० गते बिहान अन्दाजी २ बजेको समयमा पार्किङ्ग गरी राखेको ग १ च ६२१६ नम्बरको निजी कारमा अज्ञात व्यक्तिहरुले आगजनी गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पुतलीबजार नगरपालिका वडा न ४ का स्थायी घर भएका मधु ढकालको निजी सवारीमा सोही वडाको झारबेडि भन्ने स्थानमा आगजनी भएको हो । आगजनीबाट गाडी पूर्ण रुपमा क्ष्यतिग्रस्त भएको उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

More News last news
Loading...