हजारौँ भाइहरूकी दिदी बनेकी भाग्यमानी अञ्जली

काठमाडाैँ । उमेरले ८० वर्ष टेक्दै गरेकी काठमाडौं बाङ्गेबुढाकी अञ्जली मास्के अहिलेसम्म दुई हजार बढीलाई दाइभाइ बनाएकी छन् । २५ वर्षअघिदेखि दिदीबहिनी नहुनेहरुका लागि तिहारको भाइटीकामा टीका लगाइदिएर उनले थुप्रै भाइबन्धु बनाएकी हुन् ।

२०५५ सालदेखि हरेक वर्ष सामुहिक भाइटीका गर्दै आएकी उनले यो वर्ष पनि त्यसैगरी भाइटीका लगाइदिएकी छन् । दिदीबहिनी नहुनेहरुलाई हरेक वर्षको तिहारमा भाइटीका लगाइदिने अञ्जली मास्के ‘अञ्जली दिदी’ को नामले प्रसिद्ध छिन् । दिदी बहिदी नहुनेहरुलाई भाइटीका लगाइदिन थालेको २५ वर्ष भयो ।

Advertisement

अञ्जलीले आफ्ना दाजुभाइ नभएर भाइटीका लगाउन शुरु गरेकी भने होइनन् । हरेक वर्ष तिहारमा काष्ठमाण्डपमा पूजा गर्न जाँदा उनले धेरैको निधार खाली देखिन् । त्यसैले दिदी बहिनी नहुनेहरुका लागि आफू दिदी बन्ने निश्कर्षमा पुग्दै आजभन्दा २५ वर्षअघिको तिहारमा सामुहिक भाइटीका लगाइदिइन् ।

त्यसपछिका हरेक तिहारमा उनले उनले त्यसरी नै भाइटीका गर्ने गरेकी छन् । भाइटीका गर्दा उनको हरेक वर्ष ५० हजार भन्दा बढी खर्च हुन्छ । उनले भाइटीका लगाइदिएकाहरुसँग दान दक्षिणा लिने गर्दिनन् । सयौंलाई भाइटीका लगाइदिएकी अञ्जलीलाई हरेक तिहारमा देश विदेशमा रहेकाहरुले फोन गरेर सम्झिन्छन् ।

काठमाडौं बाङ्गेमुढाकी अञ्जली मास्केले दिदीबहिनी नहुनेहरुका लागि भाइटीका लगाइदिन थालेको २५ वर्ष भएपछि उनले बुधबार रजत उत्सवका रुपमा मनाएर भाइटीका गरिन् । हरेक वर्षजस्तै यो वर्ष पनि उनले बुधबार सामुहिक भाइटीका लगाइदिएका थुप्रै भाइहरु बनाएकी छन् ।

२५ वर्षअघिदेखि काठमाडौंको काष्ठमाण्डपमा तिहारको भाइटीका लगाइदिदै आएकी उनी दिदीबहिनी नहुनेहरुका लागि दिदी बन्न पाउँदै खुशी देखिन्छिन् । उमेरले असी पार गर्न लागेकी उनले आफू बाचुञ्जेल भाइहरुलाई टीका लगाउने उनको अटोट छ ।

काठमाडौंको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा बुधवार पनि उनले झण्डै दुई सय जनालाई सामुहिक भाईटीका लगाइदिइन् । आर्थिक रुपले सम्पन्नदेखि विपन्न नागरिकहरु पनि अञ्जलीको भाइ बनेका छन् । अहिलेसम्म हजारौं भाइ बनाएकी उनलाई देश विदेशबाट सम्झिदा आफूलाई निकै भाग्यमानी ठानेकी छन् ।

More News last news
Loading...