काठमाण्डाै । नेपाली सेनाले आगाेले पाेलेका १० जना घाइतेको हवाई उद्धार गरेको छ ।
यही कात्तिक २६ गते मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा रहेकाे दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज मङ्गलवार नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाण्डाै ल्याइएको हो ।
कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमवार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाण्डाै ल्याइएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
