पोखरा । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका उपाध्यक्ष शिव बहादुर बानियाँले पोखरा–१८ स्थित जनजागृती मा.बि. लाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । बानियाँले विधार्थीलाई बसको व्यवस्था गर्नका लागि आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरेका हुन् ।
विद्यालयमा आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक संकलन ब्यबस्थापन उपसमितिका संयोजकसमेत रहेका कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालका उपाध्यक्ष (हाल अमेरिका निवासी) शिव बहादुर बानियाँले एक लाख एक रुपैयाँ (१,००००१) सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
केही समय अघिदेखि विदेशमा रहेका पुर्ब बिधार्थीहरुबाट रकम सहयोग गर्ने अभियान सुरु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले दातालाई सम्मान गर्दै यो अभियानमा जोडिन सम्पुर्ण सराङकोट बासी तथा विभिन्न देश बिदेशमा रहेका बिद्यालय प्रेमी पुर्ब विद्यार्थी तथा अभिभावकहरु लाई अनुरोध गरेका थिए।
विद्यालयका प्रधानध्यापक याम बहादुर थापाका अनुसार अहिले सम्म ६ लाख ८० हजार रुपैयाँ जम्मा भएको जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथीको रूपमा पोखरा १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले वडा को तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
