स्थापना दिवसका अवसरमा लेखनाथ मेट्रो सिटीद्वारा खाध्यान्न सामग्री वितरण

पोखरा । लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीले क्लबको स्थापना दिवसका अवसरमा खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबको पाचौं स्थापना दिवसका दिन शनिबार रुपा गाउँपालिका–५ फेदीमा आर्थिक रुपमा विपन्न परिवारलाई चामल, नून, तेल, दाल लगायतका खाद्यन्न सामग्री वितरण गरेको हो ।

रुपा गाउँपालिका प्रमुख नवराज ओझाले क्लबले गरेका समाज सेवाका कार्यको प्रशंसा गर्दै चाडपर्वको बेलामा विपन्न परिवारलाई खाद्यन्न सामग्री वितरणले उनीहरुको परिवारमा खूशीयाली छाउने बताए ।

Advertisement

ओझाले स्थानीय सरकारले रुपा गाउँपालिकामा गरेका विकास निर्माणका कार्यहरुको चर्चा गर्दै गाउँपालिकामा एक घर एक मौरी घार, महिला सचेतना कार्यक्रम, बहुउद्देश्सीय भवन निर्माण लगायतका कार्यक्रमहरु गरेको जानकारी दिए । आगामी दिनमा लायन्स क्लबले आयोजना गर्ने समाज सेवा तथा मानविय सोका कार्यमा गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

यसैगरी, रुपा–५ का वडाध्यक्ष राजन खनालले समाज परिवर्तनमा क्लबले गरेका कामको सम्मान गर्दै फराकिलो सोच बनाएर वडामा मात्रै सिमित नगरी आगामी दिनमा गाउँपालिकामा रहेका आर्थिक रुपमा विपन्न परिवारलाई सहयोग गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा अन्तराष्ट्रिय लायन्स क्लब जिल्ला ३२५ आई नेपालका प्रथम जिल्ला उपाध्यक्ष बिनोद ढुङ्गाना, जिल्ला संयोजक अमृत तिवारी, क्लबका संस्थापक अध्यक्ष नगरन्द्र राज बराल, कार्यक्रम संयोजक एवंम् क्लब सर्भिस चियर पर्सन प्रेम कुमार जोशी लगायतले बोलको थिए ।

क्लबका अध्यक्ष सुरेन श्रेष्ठले अतिथिहरुलाई स्वागत गर्दै आगामी दिनमा लायन्स क्लब जिल्लाले ठूला–ठूला परियोजना यस रुपा गाउँपालिकालाई मध्यनजर राख्दै छनौट गरेमा आफ्नो क्बलले सँधै सग्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा क्लबले गरेका सेवाका कार्यको वारेमा जानकारी गराएको थिए । कार्यक्रम संयोजक एवम् क्लब सर्भिस चियर पर्सन प्रेम कुमार जोसीले धन्यवाद ज्ञापन गरेका थिए भने क्लबका सचिव भुवनराज बरालले कार्यmम सञ्चालन गरेको कुरा क्लबका अध्यक्ष सुरेन श्रेष्ठले जानकारी दिए ।

More News last news
Loading...