मुगु घटना : भिसा नमिलाएकाे रिस फेर्न र सुन लुट्ने मनसायले हत्या

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।

टोलीले घटनामा संलग्न रहेकाे आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । दुवैलाई आज शुक्रवार प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ परेका छायाँनाथ रारा–७ पिना गाउँ घर भई अहिले बाँकेकाे बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहाेरालाई प्रहरीले सार्वजनिक गरेको हो ।

Advertisement

हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो । उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ । गोपाललाई गोर्खबहादुर पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नम्बर २ बाट प्रहरीले पक्राउ गरेको थियो ।

यही कात्तिक ८ गते राति मन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उहाँका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र पाँच महिनाका छोरा रहरको घरभित्रै हत्या भएको थियो । हत्या आरोपी गोर्खबहादुर श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन् । श्रीदेवी गोर्खराजको दिदी–सासूकी छोरी हुन् भने गोपाल मामाका छोरा भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

घरमा दशैँ मनाएर ७ गते टीका थाप्न माइत गाउँ कोटिल्ला गएकी श्रीदेवी छोराछोरीसहित ८ गते बेलुका घर फर्किएकै दिन राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो । हत्याका आरोपी गोपालले कतारमा वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपकलाई भिसा लगाइदिन दुई वर्षअघि आग्रह गरेका थिए । दीपकले भिसा मिलाउन नसकिने जवाफ दिएका थिए । त्यही भिसा नमिलाई दिएका कारण रिस साँधेको प्रहरीले बताएको छ ।

More News last news
Loading...