एमाले नेतृ पुष्पा भट्टराईलाई पितृ शोक !

तुलसीपुर । नेकपा (एमाले) दाङकी नेतृ पुष्पा भट्टराई लामिछानेलाई पितृ शोक परेको छ । नेकपा (एमाले) जिल्ला कमिटी दाङकी सदस्य भट्टराईका श्रद्धेय पीता ७० वर्षीय थलराज भट्टराईको आज (कार्तिक २४ गते) तुलसीपुर –१० चैलाही निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गिय भट्टराईका दुवै मृगौलाले काम गर्न छाडेपछि पछिल्लो समय भारतको लखनउमा उपचार गरिएकोमा बिहीबार बिहान मात्रै दाङ स्थित निवासमा ल्याइएको थियो । स्रोतका अनुसार, बिहीबार घर आइपुगेका भट्टराईको शुक्रबार बिहानै निधन भएको हो ।

Advertisement

समाजमा शान्त र भद्र पुरुषको छवि बनाएर ब्रम्हलिन भएका भट्टराइका एक श्रीमती र ७ छोरी छन् ।

More News last news
Loading...