गगन र विश्वप्रकाश भुकम्प प्रभावित क्षेत्रमा, यी १२ काम गर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा गएका छन्। जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन र सहजीकरण गर्न कांग्रेसले महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समितिसमेत गठन गरेको थियो।

भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत क्षेत्रको स्थलगत अवलोकनका लागि महामन्त्रीद्वय थापा र शर्मा बुधबार त्यसतर्फ गएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

Advertisement

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर महामन्त्रीद्वय विशेष गरी सात कार्यमा केन्द्रित रहने उल्लेख गरेका छन्।

 

 

 

More News last news
Loading...