काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताउनुभयो ।
उहाँले यसअघि मंसिरको १३ देखि १५ गनेसम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बतउनुभयो ।
उहाँले अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने बताउनुभयो । नेता विश्वकर्माले महासमितिको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बताउनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
