आजपनि घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजो एक लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ४ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ ५ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको छ । हिजो एक हजार ४१५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज घटेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

More News last news
Loading...