टी–२० विश्वकप पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा

काठमाण्डाै । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनाेट हुन सफल राष्ट्रिय क्रिकेट टाेलीलाई प्राेत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएकाे छ । आज साेमवार बसेकाे क्यानकाे केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनाेट हुने सफल राष्ट्रिय क्रिकेट टाेलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे ।

नेपाल आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनाेटमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदाे वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनाेट भएकाे थियाे ।

Advertisement

यस्तै क्यानले भर्खरै मलेसियामा सम्पन्न एसीसी पुरुष १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेट प्रतियाेगितामा विजयी भई आउँदाे वर्ष सञ्चालन हुने १९ वर्षमुनिकाे एसिया कपमा छनाेट हुन सफल टाेलीका सबै सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेकाे छ ।

यस्ता छन् क्यानकाे निर्णय :

More News last news
Loading...