जाजरकोटमा फेरि भूकम्प

काठमाडौं l जाजरकोटमा फेरि भूकम्प गएको छ। सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। जाजरकोटको रामीडाँडा केन्द्र भएर भूकम्प गएको हो।

यसअघि कात्तिक १९ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा नै केन्द्र भएर भूकम्प गएको थियो। त्यस दिन बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको थियो।

Advertisement

साथै कात्तिक १७ गते गत शुक्रबार बेलुकी ११:४७ बजे रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो।

More News last news
Loading...