काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को महाधिवेशन अक्टोबर १७ (आज) बाट काठमाडौँमा शुरु हुँदै छ । सो अधिवेशनको पूर्वसन्ध्यामा विभिन्न व्यक्तिहरुले उमेद्वारी दर्ता गरिरहेका बेला स्याङ्जा जिल्ला स्थायी घर भइ हाल विभिन्न देशमा कार्यक्षेत्र बनाइ बसेका ७ जना एनआरएनए अभियन्ताहरुले विभिन्न पदमा उमेद्वारी दिएका छन् ।
यसरी उमेद्वारी दर्ता गर्नेहरुमा उपाध्यक्षमा शशीकान्त पौडेल, जेदुनाथ पोखरेल, महिला उपाध्यक्षमा यासमिन बेगम सैयद्, महासचिवमा बुद्धि सागर सुवेदी, मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ, यूरोप महिला संयोजकमा गीता खनाल थापा, र मध्यपूर्व महिला उपसंयोजकमा सीता भण्डारी पौडेलल रहेका छन् ।
स्याङ्जा सहयोग समाजको परिचयात्मक कार्यक्रम सम्पन्न
एनआरएनएको अधिवेशनको पूर्व सन्ध्यामा स्याङ्जा सहयोग समाज, अन्तराष्ट्रिय समन्वय समितिले उमेद्वारहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । आज (सोमबार) काठमाडौँमा समाजका अध्यक्ष टुकराज अर्यालको अध्यक्षतामा समाजले परिचयात्मक कार्यक्रम गरेको हो ।
कार्यक्रममा उमेद्वारहरुले आफुँहरु जुन समुहबाट उमेद्वारी दिएको भए पनि आफूँहरु स्याङ्जाको सन्तान भएको र स्याङ्जासँगै देशकै विकासका लागि र विदेशमा बस्ने नेपालीका लागि आफुँहरुले एनआरएनलाई बलिायो र चलायमान बनाउन उमेद्वारी दिएको भन्दै सबैलाई भोट दिएर जिताउन आग्रह गरेका थिए । कार्यक्रममा उपाध्यक्ष पदका उमेद्वार शशी कान्त पौडेलले अब स्याङ्जालीहरु उपाध्यक्षमा मात्रै नभएर आगामी दिनमा संघकै नेतृत्व गर्न तयार हुनुपर्ने बताए ।
हाम्रा उमेद्वारलाई जिताउन हर सम्भव प्रयास गरौँ : अध्यक्ष अर्याल
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज आर्यालले स्याङ्जाली उमेद्वारहरुलाई जिताउन सबैलाई आग्रह गरेका छन् ।
अर्यालले भनेका छन्, “स्याङ्जाको माटोमा जन्मिएर, हुर्केर अहिले संसारका विभिन्न देशमा प्रतिष्ठित जीवन बाँचिरहनुभएका सामाजिक सेवाक क्षेत्रमा लामो समय व्यतीत गरिसक्नुभएका ,हामीसँग माटोको, हावापानीको, भाइबन्धुत्वको नाताले जोडिरहने हाम्रै दाजुभार्इ दिदीबहिनीको उम्मेदवारीलाई सफल तुल्याउन आ–आफ्नो ठाउँबाट हरसम्भव प्रयास गरौँ”

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
