एनआरएनएको उपाध्यक्षमा शशी पौड्यालको उमेद्वारी दर्ता

काठमाडौं l गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को  उपाध्यक्षमा शशी कान्त पौड्यालले उमेद्वारी दर्ता गरेका छन् l एनआरएनए नेदरल्याण्डका संस्थापक अध्यक्ष समेत रहेका पौड्यालले यसपटक (सन् २०२३-२०२५) का लागि केन्द्रीय उपाध्यक्षमा उमेद्वारी दिएको हुन l

पौड्यालले स्वस्थ र सक्रिय एनआरएनए निर्माणका लागि आफूले उमेद्वारी दिएको बताएका छन् l पछिल्लो झण्डै दुई दशकदेखि नेदरल्याण्डलाई कर्मथलो बनाएका पौड्याल एनआरएनए भित्र निष्ठा र स्वस्थ सामाजिक अभियन्ताको रुममा चिनिन्छन् l

Advertisement

यस्ता छन् पौडेलका मूख्य एजेन्डाहरु

बिश्व नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न ११ औ अधिवेशनमा मैले केन्न्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको सहर्ष जानकारी गराउद छु । संस्थाको लक्ष, उदेश्य र बिधानको मर्मलाई आत्मसाथ गर्दै संसार भरिका नेपालीहरूको अपनत्व हुने गरि संस्थालाई चलायमान प्रतिबद्धता सहित दिगो, पारदर्शी र परिपक्क संस्था निर्माणमा मेरो योगदान रहने छ । आफ्नो विवेक प्रगोग गरि एक सक्षम, सवल र विश्वासिलो नेतृत्व चयन गर्नु अहिलेको आवस्यकता मैले महशुस गरेको छु । साथै हरेक गैर आवासिय नेपालीहरूको हकहितमा अविनतम उर्जा र समन्वयमा काम गर्न गराउन २०२३ -२०२५ कार्यकालको लागि मेरो उपाध्यक्षमा उम्मेद्बारी रहेको हुंदा मलाई यहॉंहरूको अमुल्य मत प्रदान गरि सहयोग गर्न हार्दिक अपिल गर्दछु ।
धन्यवाद तथा आभार सहित l

More News last news
Loading...