लोकप्रिय गायक दिपेन्द्र ठकुरीको दशैँ गीत ‘फुलकुमारी’ बजारमा (भिडियोसहित)

काठमाडौँ । लोकप्रिय गायक, गीतकार तथा संगीतकार दिपेन्द्र ठकुरीको दशैँ गीत बजारमा आएको छ । लामोसमयदेखि गीत संगीतमा रहेका ठकुरीको दशैँको छेको पारेर फुलकुमारी नामक गीत बजारमा आएको छ । दिपेन्द्र ठकुरीको शब्द संगीतमा रहेको गीत कृष्ण प्रसाद भट्टले बजारमा ल्याएका हुन् ।

ठकुरीले गीतमा, “कतिबेला भैराछ घरै जाम, भुल्नै गाह्रो गाउँको नाम तिम्रै नाम, बस माया…बस पर्खेर, यसपालिको दशैँ र तिहारमा मेरै गाउँमा आउँछु फर्केर” जस्ता शब्दले नेपालीको व्यथा भाव प्रकट गरेका छन् । भिडियोमा वैदेशिक रोजगारीमा रहेका युवकले दशैँमा घर फर्किने बताउँदा गाउँमा रहेको परिवारमा हर्षउल्लास छाएको देखाइएको छ ।

Advertisement

गीतमा नयाँ पुस्ताकी लोकप्रिय गायिका अस्मिता डल्लाकोटी, कृष्ण प्रसाद भट्ट, दिपेन्द्र ठकुरी र विकास शाहीको स्वर रहेको छ । उमेश गुरुङले निर्देशन गरेको म्युजिक भिडियोमा शक्ति कुमार गोदार, मदन परियार, पार्वती श्रेष्ठ, संजिता भट्ट, अमृत माया भट्टको अभिनय रहेको छ । गीत KRISHNA PRASAD BHATTA युट्युब च्यानलमा हेर्न सकिन्छ ।

२०६२/६३ को जनआन्दोलन पछिको पहिलो दशैँमा ठकुरीको फेरि के-के हुनी हो कल्ले जान्नी हो, यसपालिको दशैँ तिहार गाउँमै मान्ने हो बोलको गीत सुपरहिट भएको थियो । त्यसअघि द्धन्दले उकुस मुकुस भएका जनतालाई पनि साँचिकै यस गीतले भनेझैँ दशैँ लागेको थियो ।

उसो त ठकुरीका यसअघिनै छिनछिन चुराले, गोरखनाथ मनकामना, मोही भनेर चौलानी खुवाउनेलाई, यो जाले रुमाल जस्ता गीतहरु सुपरहिट भइसकेका थिए ।

More News last news
Loading...