एसीसी यु-१९ प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जित

काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ प्रिमियर कप क्रिकेटमा नेपालले दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दे नेपालले दोस्रो जित निकालेको हो ।

बहराइनले दिएको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा भेट्टाएको थियो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा अलआउट हुँदै ७७ रन बनाएको थियो।

Advertisement

बहराइनलाई सस्तैमा समेट्न नेपालका दिपेश कँडेलले ६ तथा दुर्गेश गुप्ताले चार विकेट लिएका थिए ।नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको फराकिलो जित निकालेको थियो ।

More News last news
Loading...