ग्लोबल आईएमईले नेपालमै पहिलो पटक २५ मिलियन डलर क्लाइमेट फन्डको ऋण लिँदै

काठमाडौँ । ग्लोबल आईएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ) लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । बैंक र जीसीपीएफबीच सहमति पत्रमा सम्झौता भइसकेको छ।

याे ऋणले कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै उर्जा दक्षता प्रवर्धन र नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने बैंककाे विश्वास छ। जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले जीसीपीएफले नेपालमा पहिलो पटक ग्लोबल आईएमई बैंकलाई ऋण प्रदान गरेको हो ।

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँगको सहकार्यप्रति खुशी व्यक्त गर्नुभयाे । ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र ऊर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने उहाँकाे विश्वास छ।

More News last news
Loading...