लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल लिमिटेड एक आपसमा गाभिने

काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभ्ने-गाभिने सम्बन्धी औपचारिक निर्णय भएको छ ।

समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

Advertisement

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैङ्क लिमिटेड मिति २०८० साल आषाढ २८ गते बाट सनराइज बैङ्क लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैङ्क लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ गरेका थिए ।

लक्ष्मी सनराइज बैङ्कको दुई सहायक कम्पनीहरू लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबाट मर्चेन्ट बैकिङ्ग लगायत अन्य सेवाहरू छुट्टा-छुट्टै रूपमा प्रवाह गरिरहेको अवस्थामा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को दफा२९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरू आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ्ग व्यवसाय सञ्चालन गर्नु पर्ने हुँदा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच आपसमा गाभिन लागेका हुन् ।

मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ । साथै अझ सबल रूपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वाससमेत गरिएको छ ।

More News last news
Loading...