काठमाडौं l प्रतिनिधि सभा सदस्य राजु थापाले शिक्षा क्षेत्र सुधार गर्नका लागि शिक्षामा बजेट बढाउनुपर्ने बताएका छन् ।
संसदको प्रतिनिधि सभामा जारी विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा भाग लिदैं थापाले भने, ‘सामुदायिक विद्यालयको शिक्षा स्तर खस्कियो भनेर भनिन्छ, तर प्रत्येक बर्ष सरकारले ल्याउने बजेटले शिक्षा क्षेत्रलाई वेवास्ता गर्ने गरेको छ अब हामीले साच्चिकै शिक्षामा सुधार गर्ने हो भने, कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा छुट्याउनुपर्छ ।’
गाउँगाउँमा सामुदायिक विद्यालय सञ्चालन गर्नका लागि समुदायबाट पैसा उढाउनुपर्ने वाध्यता रहेको र स्कूल बसका लागि विदेशी राष्ट गुर्हानुपरेको भन्दै यसका लागि सरकारले उचित पहल गर्नुपर्ने थापाको भनाइ थियो । संसदमा प्रस्तुत शिक्षा विधेयकमा रहेका कमीकमजोरीलाई सच्चाएर शिक्षकका जायज माग पुरा गर्नुपर्नेमा उनको जोड थियो ।
यस्तै सांसद थापाले देशको मेरुदण्डका रुपमा रहेको शिक्षा क्षेत्र तहसनहस हुदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अबको शिक्षा विश्वबजारमा बिक्ने खालको बनाउने गरी सरकारले तयारी थाल्नुपर्ने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
