निरन्तर ओरालो लाग्दै सुन, आज फेरि कति घट्यो ?

काठमाडौं । केहि दिनयता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज आठ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ३ सय रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३९५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...