निरन्तर घट्दै सुनको भाउ, कति घट्यो आज ?

काठमाडौं । केहि दिनयता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज आठ सय रुपैयाँले घटेको हो। मंगलबार सुनको मूल्य चार सय रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँ रहेको छ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

More News last news
Loading...