पोखरा विमानस्थलको ऋण मिनाहा गराउन पहल गर्न कांग्रेस नेता बरालको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाको सम्बन्धमा छलफल हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले कांग्रेस प्रमुख सत्तारुढ दल भएकोले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

नेता बरालले एयरपोर्ट निर्माणपछि महँगो ब्याज तिर्नुपरेको भन्दै ऋण मिनाहा नभए एक दिन चीनले विमानस्थलमा कब्जा जमाउने दिन आउन सक्ने बताए ।

Advertisement

ऋण तिर्न नसके अरू मुलुकमा जस्तै विदेशीको हस्तक्षेप हुने निश्चित रहेको उनको भनाइ थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि चीनको ८ दिने भ्रमणमा छन् ।

More News last news
Loading...