काजिमान मा.वि.का अध्यक्ष श्रेष्ठ राष्ट्रिय शिक्षा पुरस्कार– २०८० बाट सम्मानित

स्याङ्जा । स्याङ्जाको काजिमान हरिटीका माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इञ्जिनियर अनुप श्रेष्ठ राष्ट्रिय शिक्षा पुरस्कार– २०८० बाट सम्मानित भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज घोषणा गरेको राष्ट्रिय शिक्षा पुरस्कार–२०८० अन्तर्गत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी अन्तर्गत श्रेष्ठलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो। विद्यालयमा श्रेष्ठले नेतृत्व दिएको करिब ८ महिनामै उल्लेखनीय कार्यको कदर गर्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो।

Advertisement

नेतृत्व लिएको छोटो समयमै उनले शिक्षक कक्षाकोठा (टिचर्स रुम) पद्धति, शुक्रबारे क्रियाकलाप र अतिथि संस्कारको अभ्यास, दैनिक एक पिरियड प्रतिभा प्रस्फुटन र सिकाइमा मन्टेस्वरीदेखि सुधार लगायतका विधिको प्रयोग गर्दै विद्यालयलाई सुधारोन्मुख गतिमा अगाडी बढाएका छन्।

More News last news
Loading...