पुतलीबजार । स्याङ्जाको पुतलिबजार–३ बाडखोलास्थित शिशु निकेतन आवासीय मावि बाडखोलालाई अन्तराष्ट्रिय स्तरको पुरस्कार हस्तान्तरण गरिएको छ । असार ३१ गते थाइल्याण्डमा सम्पन्न कार्यक्रममा शिशु निकेतन माविले अन्तराष्ट्रिय स्कुल पुरस्कारको नवौ संस्करण अन्तर्गत ‘बेस्ट सोसल इम्प्याक्ट स्टार्टअप २०२३’ को घोषित ट्रफी र प्रमाणपत्र पुतलीबजारका नगरप्रमुख तुलसिराम रेग्मीले एक कार्यक्रमकाबीच संचालक बुद्दि बहादुर राना र प्रिन्सिपल मनोज मल्ललाई हस्तान्तरण गरेका हुन् ।
उक्त पुरस्कार हस्तान्तरण गर्दै नगरप्रमुख रेग्मीले शिशु निकेतनले पुतलिबजारलाई विश्वसामु शैक्षिक गुणस्तरको मापन मार्फत चिनाएकोमा आभार प्रकट गर्दै पुतलीबजारलाई शैशिक हबको रुपमा बिस्तार गर्न नीजि क्षेत्र लगायत सबैले हातेमालो गरेर अगाडि बढ्न अनुरोध गरे।
संचालक बुद्दि बहादुर रानाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रेडियो स्याङ्जाका अध्यक्ष ध्रुवबन्धु पौडेल, प्याब्सन स्याङ्जाका बरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर गोदार, प्याब्सन स्याङ्जाका सचिव लेखनाथ रेग्मी, प्याब्सन स्याङ्जाका कोषाध्यक्ष हरि प्रसाद अर्याल, पेस स्याङ्जाका अध्यक्ष मुक्त बहादुर राना, शिक्षक संघ अध्यक्ष लेखनाथ शर्मा, वडा नं ३ सदस्य अमिरबक्स मिया र सोम बहादुर कुँवर, काजिमान हरिटिका माबिका प्रधानाध्यापक ऋषिराम शर्माले शुभकामना मन्तव्य राखेका थिए भने बिद्यालयका प्रधानाध्यापक मनोज मल्लले स्वागत मन्तब्य राखेका थिए ।

त्यस्तै, बालदिवस २०८० शिशु निकेतन आवासीय माविले रचनात्मक ढंगले मनाएको छ। ‘शिशु निकेतन डान्स स्टार २०८०’ र’ शिशु निकेतन सिंगिङ स्टार २०८०’ को अडिसन राउण्ड र कक्षागत तीज गीत प्रतियोगिता गरी ‘बाल दिवस-२०८०’ मनाएको हो । निकै नै मनोरञ्जनात्मक रहेको सो कार्यक्रममा कक्षा एकदेखि दशसम्मका विद्यार्थीहरुको प्रस्तुती रहेको थियो । शिक्षकहरुको गायन तथा नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
