लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्षमा विनोद श्रेष्ठ विजयी

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी भरतकुमार अधिकारीलाई ९४ मत अन्तरले पराजित गर्दै २ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

कुल खसेको १ हजार ७ सय ११ मतमध्ये निर्वाचित श्रेष्ठले ८ सय ८१ प्राप्त गर्दा प्रत्यासी अधिकारीले ७ सय ८७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । जारी मतगणनामा सदस्यतर्फ अन्तिम परिणाम आउन बाँकी हुँदा पदाधिकारीको टुंगो लागेको हाे ।

Advertisement

संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा, प्रथम उपाध्यक्षमा उपेन्द्रराज सुवेदी (राजु), द्वितीय उपाध्यक्षमा विक्रम कर्माचार्य, महासचिवमा जानुका अधिकारी पराजुली, उपमहासचिवमा भरतराज ओझा र कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडि) निर्वाचित भएका छन् ।

More News last news
Loading...