कोशीमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त, ५ सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुुङले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् ।

Advertisement

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाएका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरुले पनि शपथ लिएका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् ।

More News last news
Loading...