गकुल पन्त गोरखा । नेपालमा बहुजाति बहुभाषिक विभिन्न समुदाय र विभिन्न संस्कृती भएका समुदायको छुट्टै पहिचान बोकेको देश हो । यहाँ सबै धर्म जात समुदाय अटाउन सक्ने ब्यबस्था भएको नेपालको संविधान २०७४ जारी भएको छ। यहाँ हामी अन्य मुलकमा झै धर्मको नाउँमा झै झगडा हुँदैन हामी सबै धर्मलाई बराबर ठान्दछौँ समाजमा आपसी सद्दभाब मित्रबत ब्यबहार हामीले गरेका छौँ । चाहे त्यो हिन्दु धर्म, चाहे त्यो कृश्चियन, चाय त्यो किराँत चाहे त्यो मुस्लिम सबैमा एउटा भाईचाराको ब्यबाहार । मर्दा पर्दा संगसंगै हामी हुने गरेका छौँ र हुन्छौ पनि । बिभिन्न धर्म ग्रन्थमा पनि हत्या हिँम्सा गर्ने भनेर कहिँ कतैपनि उल्लेख गरिएको पाईँदैन र गर्न पनि हुँदैन ।
जब नेपालमा २०५२ सालमा माओवादी उत्पतति भयो युद्द जित्ने नाममा सबैलाई पहिचानका राज्य बाँडियो । अनि धर्म नैतिक र संस्कृत शिक्षा खारेज गरियो । पुस्तक जलाईयो धार्मिक गुरुहरुलाई कुटपिट गरियो कतिलाई मारियो । अनि हाम्रो नेपालमा युगन्तकारी परिबर्तन मात्र मोबाईल या भनौ सामाजिक सञ्जालमा सीमित भयो । विकास हिजो बिनासमा थियो । नेतृत्बले द्वन्दात्मक विकास सिकाए । परेठ खेलाय कलम समाउनेहातमा बन्दुक बोकाय अनि गणतन्त्रमा आइपुगदा दिन्छु र गर्छु भनेको कुरा दिनपनि सकेनन् गर्छु भनेको कुरा गर्नपनि सकेनन् । अनि मात्र गर्ने सके बैङ्क लुटेका, कब्जा गरेका जग्गा रुपैयाँ पैसा लिगलाईज मात्र गर्न तयार भए । के गर्दा लिगल हुन्छ सोच्दा सोच्दै अरु भ्रष्ट्राचारमा कालो धन सेतो बनाउने काण्डहरु मच्चाउने गरे । यति गर्दापनि नभएर शान्ति सुरक्षा जिउधनको रक्षा भन्दा पनि आफ्नो भुँडिको रक्षा गर्न मै तल्लिन भए ।
हाम्रो नेपालमा युगन्तकारी परिबर्तन मात्र मोबाईल या भनौ सामाजिक सञ्जालमा सीमित भयो । विकास हिजो बिनासमा थियो । नेतृत्बले द्वन्दात्मक विकास सिकाए । परेठ खेलाय कलम समाउनेहातमा बन्दुक बोकाय अनि गणतन्त्रमा आइपुगदा दिन्छु र गर्छु भनेको कुरा दिनपनि सकेनन् गर्छु भनेको कुरा गर्नपनि सकेनन् ।
हामी सबै जातजाती भाषाभाषी मिलेर बसेको समुदायमा बाहिरी शक्ति प्रवेश गराएर फेरि परिबर्तनको नाममा विनाश गर्दैछन् । धरानका जनता सचेत भएर यो मर्दाका मलामी जिउँदाका जन्तीबीच रहेको भाईचारा संम्बन्धलाई टाढा नबनाउन हुन बिनम्र अनुरोध गर्दछु । हिजो जंगलमा रहँदाको उपज यो देखिएको हो । आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशकै प्रधानमन्त्री हुनुहुन्छ तपाईले बाँडेका आश्वासन फिर्ता लिनुस् हैन भने यो ब्यबस्था सकिन १९ घण्डापनि लाग्दैन । किनकी यो धरानको आन्दोलनले अर्कै मोड नलेला भन्न सकिँदैन ।
सम्पूर्ण दाजुभाई दिदी बहिनी म यो अपिल गर्दछु कि हामी २१औँ शताब्दिका सुधारियका सचेत जनता फेरिपनि देश युद्दमा गयो भने हामी कति बर्ष पछाडि पर्ने हो ? हाम्रो दिनचर्या सँधै सडकमा नै आन्दोलन गरेर रमाउने हो ? हैन भने सबैले गरेका गल्तिलाई आत्मालोचना गरेर भावि दिनमा हामीमा भएको भाईचारा संम्बन्ध दिगो रहिरहोस् त्यता पट्टि सबैले सोच्न जरुरी छ ।
धरान आफैँमा छुट्टै पहिचान बोकको पर्यटकीय नगरी पनि हो । भोलिका दिनमा त्यहाँ सुरक्षाको कारण देखाउँदै पर्यटकको आवागमनमा कमी हुनसक्छ । कृपया सचेत रहनु भाईभाई बीचको झगडा आफैँमा मिल्नु बाहेक केहि छैन । हैन भने ‘भाई फुटे गोबार लुटे’ होला रामचन्द्र भगबानको साथमा भाई लक्ष्मण भएर नै युद्द जितेका थिए । नत्र राबण जति बलबान को थियो र हारनु पर्ने केहि थिएन । आजको आबश्यकता भनेको विकास हो विकासको लागि धार्मिक युद्द राम्रो छैन र गर्नु पनि हुँदैन । म के भन्छु भने मेरो देश खोक्रो भइरहेको छ । आउनुहोस सडकमा अन्तिम आनदोलन गरौँ भ्रष्टचारिलाई फासिदिनको लागि आउनुहोस् हातेमालो गरौँ देश निर्माणको लागि। [पन्त युवा विश्व हिन्दू महासंघका केन्द्रिय सदस्य हुन् ।]
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
