कोशीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको भन्न मिल्दैन, दीर्घकालीन असर पर्ने निर्णय नगर्नू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदाललते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको छ ।

नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको हो । सर्वोच्चले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय नगर्न पनि आदेश दिएको छ ।

Advertisement

सभाअध्यक्षसमेतले दिएको मतलाई संविधानसम्मत भन्न नमिल्ने र यो कदम संसदीय अभ्यास, संवैधानिक नैतिकतालगायत अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रहेको देखिन आएको आदेशमा उल्लेख छ । सभाअध्यक्ष इस्माइल मन्सुरीले समेत मत दिएपछि कोशी प्रदेशमा कांग्रेसका उद्धव थापाले विश्वासको मत पाउनुभएको थियो । प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामाबाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नभएको पनि सर्वोच्चले उल्लेख गरेको छ ।

More News last news
Loading...