जस्मिन पेन्ट्सले ल्यायाे चाडपर्व लक्षित अफर

काठमाण्डाै । जस्मिन पेन्ट्सले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै आकर्षक अफरहरू ल्याएकाे छ । चाडपर्वमा ग्राहकलाई थप खुशी प्रदान गर्ने उद्देश्यले यही भदाै १ देखि मङ्सिर १५ गतेसम्मका लागि ‘रङ्गीन पल खुशी डबल’ उपहार याेजना लागू गरेकाे जस्मिन पेन्ट्सले जनाएकाे छ।

यस याेजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ (भ्याटसहित) काे जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक ‘लक्की ड्र’ कुपन प्राप्त गर्न सक्नेछन् । विजेताको घोषणा ‘लक्की ड्र’ कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत गरिने विज्ञप्तिमा उल्लेख छ । जसअन्तर्गत प्रत्येक महिना चार सय जना ग्राहकले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् ।

Advertisement

उपहारअन्तर्गत एक जनाले यमाहा रे जेड कुटर, सात जनाले रेडमी १२ स्मार्ट मोबाईल फोन, २० जनाले एक्यू फिट स्मार्ट वाच, ४५ जनाले डीएचआई दुई दशमलव आठ लिटरकाे विद्युतीय राइक कुकर र तीन सय २७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

जस्मिन पेन्ट्सले विगत ३० वर्षदेखि ‘नेपाली मनको नेपाली रङ्ग’ भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू ग्राहकसमक्ष पुर्‍याइरहेकाे छ ।

More News last news
Loading...